ईजीपी प्रणाली सञ्चालनमा
१७ कात्तिक, काठमाडौं । विद्युतीय खरिद प्रणाली (ईजीपी) सञ्चालनमा आएकाे छ । मंगलबार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विश्वबाबू पुडासैनीले उद्घाटन गरेका हुन् । यसअघि सुरक्षा जोखिम देखिएपछि पुरानो ईजीपी प्रणाली बन्द गरिएको थियो। लामो समय प्रणाली अवरुद्ध हुँदा सरकारी निकायका बोलपत्र र खरिद प्रक्रिया प्रभावित भएका थिए।

कार्यालयका सहसचिव रामप्रसाद आचार्यले नयाँ भर्सनकाे ईजीपी सिस्टम सुरक्षित भएको दाबी गरे । ‘पुरानो प्रणालीभन्दा याे प्रणाली सुरक्षित र भरपर्दो छ,’ सहसचिव आचार्यले भने ।
प्रकाशित मिति : November 3, 2026 at 4:47 pm








