१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

विराटनगरले जनकपुरलाई २ रनले हरायो

१७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले दोस्रो जित निकालेको छ । विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले हराउँदै रोमाञ्चक जित हात पारेको हो। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो।

विराटनगरको जितमा आन्द्र रसेल नायक बने । आफ्नो इनिङ्समा अर्धशतक हानेका रसेलले जनकपुरको चार विकेट झारे । अन्तिम बलमा विकेट लिएर रसेलले जनकपुरलाई हराए । जनकपुरका सैफ हसनले सर्वाधिक ७१ रन बनाए । ४८ बलको सामना गरेका उनले २ चौका र ५ छक्का प्रहार गरे । विशाल सुस्लिङले ४३ तथा जिमी निशमले २७ रन जोड्दा मोइन अलीले १० रन बनाए । विशालले ३० बलमा २ चौका र ३ छक्का प्रहार गरे भने निशमले १५ बलमा ३ छक्का हिर्काए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ३ विकेटको क्षतिमा १७४ रन जोड्यो । विराटनगरका तीन खेलाडीले अर्धशतक प्रहार गरे । लोकेश बमले ५० तथा इमरान शेखले ५६ रन बनाउँदा आन्द्रे रसेल ५२ रनमा अविजित रहे । बलिङतर्फ जनकपुरका अभिषेक तिवारीले दुई तथा मोइन अलीले एक विकेट लिए ।

प्रकाशित मिति : November 3, 2026 at 4:20 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/