१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

१७ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल र कांग्रेस नेता एवम् पूर्वमन्त्री डा. मिनेन्द्र रिजालविरुद्ध  भ्रष्टाचार मुद्दा पेस गरेको छ । सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टाका नाममा बिक्री गरेको प्रकरणमा अख्तियारले नेपाल र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा पेस गरेको हो ।

उनीहरूविरुद्ध ७३ करोड ४९ लाख रुपैयाँ बिगो माग गरिएको छ। अख्तियारले नेपाल र रिजालसहित तत्कालीन भूमि सुधार मन्त्री डम्मर श्रेष्ठ, तत्कालीन मुख्यसचिव स्व माधव घिमिरेकी छाेरी कमला घिमिरेलाई प्रतिवादी बनाइएको छ।

त्यस्तै तत्कालीन सचिव छविराज पन्त, सहसचिव रमेशचन्द्र अधिकारी, उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा अर्जुन खड्का, लक्ष्मण थापा, ध्रुव सापकोटा, शाखा अधिकृत बलराम निरौला प्रतिवादी छन्।

प्रकाशित मिति : November 3, 2026 at 1:51 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/