१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

माधवकुमार नेपालविरूद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा

१७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ। सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्ड्रटिज)को हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषद्बाटै निर्णय गराएर सट्टापट्टाको नाममा बिक्री गरिएको आरोपमा नेपाललाई दोषी करार गर्दै अख्तियार विशेषमा पुगेको हो ।

इटहरीबाट विराटनगर जाने मूल सडकसँग जोडिएको जग्गा बिक्री गर्न दिएर दुर्गम स्थानमा जग्गा सट्टापट्टा गर्न ०६६ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले अनुमति दिएको थियो। यसअघि पनि नेपालविरूद्ध पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री वितरणका लागि अनुमति दिएको कसुरमा मुद्दा दायर भएको थियो। यो मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा छ।

प्रकाशित मिति : November 3, 2026 at 1:16 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/