१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

महाधिवेशनबाट निर्वाचित कार्यसमिति अध्यावधिकका लागि कांग्रेसले आयोगमा बुझायो विवरण

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमिति अध्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । महामन्त्री प्रदीप पौडेलले निर्वाचन आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको विवरण बुझाएका हुन्।

कांग्रेसको विधान संशोधन सम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्ताबेज, समसामयिक राजनीतिक दस्ताबेज, महाधिवेशनको निर्णय पनि आयोगलाई बुझाइएको छ।

प्रकाशित मिति : November 2, 2026 at 5:11 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/