१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

ग्यास उद्योगहरूलाई ‘मर्जर’ गराउने निगमको तयारी, उद्योगीलाई कार्ययोजना बनाउन अनुरोध

१६ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको बताएको छ । निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ अनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने जनाएको हो ।

यसै सन्दर्भमा निगमले १२ कात्तिकमा गते सबै ग्यास उद्योगहरूलाई पत्राचार गर्दै गाभ्ने नीतिलाई प्रोत्साहन गर्न र सोहीअनुसार कार्ययोजना बनाई प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ । यो निर्णयले ग्यासको बिक्री वितरण प्रणालीलाई थप व्यवस्थित, सहज र उपभोक्तामैत्री बनाउन सहयोग पुग्ने अपेक्षा निगमको छ ।

प्रकाशित मिति : November 2, 2026 at 12:55 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/