प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से
१६ कात्तिक, काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ०.०४ अंकले घटेर २६९०.१० विन्दुमा झरेको छ। सोमबार १ करोड ६४ लाख १० हजार २४ रुपैयाँबराबरको ३७ हजार २९७ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : November 2, 2026 at 10:59 am










