१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

आज घोषणा हुँदै करदाता प्रोत्साहन पुरस्कारका विजेता

१६ कात्तिक, काठमाडौं । आन्तरिक राजस्व विभागले कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन कार्यक्रमका विजेता आज सोमबार घोषणा गर्दैछ। कात्तिक १ देखि १५ गतेसम्मको अवधिका लागि १५ जना नियमित विजेता र एक जना बम्पर विजेता गरी १६ जनाको नाम सार्वजनिक गर्न लागिएको हो।

विजेता घोषणा कार्यक्रम बिहान ९ः३० बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा आयोजना हुनेछ। विजेता छनोट प्रक्रियामा नेपाल प्रिमियर लिग (एनपीएल) खेलिरहेका क्रिकेट खेलाडीसमेत सहभागी हुने आन्तरिक राजस्व विभागले जनाएको छ।

प्रकाशित मिति : November 2, 2026 at 9:32 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/