१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

सोमबारदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने

१५ कात्तिक, काठमाडौं । भोलि कात्तिक १६ गते साेमबारदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारको निर्णयअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन्।

यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ । यसअघि बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कार्यालय समय कायम थियो ।

प्रकाशित मिति : November 1, 2026 at 3:59 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/