१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

पृथ्वी राजमार्ग सोमबार दिउँसो ३ घण्टा बन्द रहने

१५ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्डमा सोमबार ३ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै बेनीघाट रोराङ गाउँपालिका वडा नं. ९ स्थित मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिएको हो ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) मुग्लिङ, चितवनलाई उद्धृत गर्दै प्रशासन कार्यालयले सोमबार दिनको ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म उक्त स्थान भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको छ ।  प्रशासनले निर्धारित समय अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न तथा सवारी व्यवस्थापनमा सहयोग गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : November 1, 2026 at 3:47 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/