पत्रकार पक्राउ र सञ्चारगृहमाथि धरपकडकाे विरोधमा माइतीघरमा प्रदर्शन
१४ कात्तिक, काठमाडाैँ । नेपाल पत्रकार महासंघको आह्वानमा माइतीघरमा पत्रकारहरुले माैन प्रदर्शन गरेका छन् ।
महासंघले पत्रकार पक्राउ र सञ्चारगृहमाथि भएकाे धरपकडकाे विरोधमा माइतीघरमा प्रदर्शन गरेको हो । झरीको प्रवाह नगरी पत्रकारहरु प्रदर्शनमा पुगेका हुन् ।

सादा पोसाकका प्रहरीले शुक्रबार विभिन्न सञ्चारगृह पुगेर केही पत्रकारलाई नियन्त्रणमा लिएका थिए । चौतर्फी विरोधपछि उनीहरूलाई साँझ रिहा गरिएको थियो ।


प्रकाशित मिति : October 31, 2026 at 10:37 am










