१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको निर्देशन

१३ कात्तिक, काठमाडौँ । समाचारको स्रोत माग गर्दै प्रहरीले समाचार कक्षमै छिरेर पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० को सचिवालयले आफ्नो कुनै पनि संलग्नता र पूर्वजानकारी नरहेको स्पष्ट पारेको छ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत र सञ्चारमाध्यमलाई जानकारी दिँदै विकसित घटनाक्रममा प्रधानमन्त्री, उहाँको सचिवालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कुनै भूमिका नरहेको बताएकी हुन्।

दाहालका अनुसार घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्री शाहले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न र सञ्चारगृहका समाचार कक्षमा प्रवेश गरी कुनै पनि किसिमको धरपकड नगर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिइसकेका छन् ।

आज प्रहरीले समाचारको स्रोत सोध्दै विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई धमाधम नियन्त्रणमा लिएको थियो। प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, डीएनए खबरका पत्रकार धीरज बस्नेत र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई पक्राउ गरेको छ।

यसैगरी, नयाँ पत्रिकामा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोसाकमा पुगेको प्रहरी टोली पत्रिकाको कार्यालयभित्रै प्रवेश गरी उहाँलाई नलिई नजाने भन्दै कार्यालयमै कुरेर बसेको छ।

सरकार प्रमुखकै सचिवालयले घटनाप्रति अनभिज्ञता प्रकट गर्दै रिहाइको निर्देशन दिएपछि प्रहरीको यस कदमको सर्वत्र विरोध भइरहेको छ।

प्रकाशित मिति : October 30, 2026 at 7:52 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/