अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट १५० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
१२ कात्तिक, काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज १५० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थामा रहेको अतिरिक्त रकम खिच्न लागेको हो।
राष्ट्र बैंकले पछिल्लो समय बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। यसैक्रममा आज १५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागिएको हो।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको बोलकबोल आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ। यसमा निक्षेपको ब्याजदर बोलकबोलबाट निर्धारण गरिनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन्।
प्रकाशित मिति : October 29, 2026 at 10:58 am










