३३ अंकले बढ्यो नेप्से, साढे ७ अर्बको कारोबार
११ कात्तिक, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ९३ लाख ९७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज २४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३५ कम्पनीको सेयर मूल्य घटेको छ। यस दिन ३ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ । बेनी हाइड्रोपावरको सेयरमा यस दिन पनि सकारात्मक सर्किट लागेकाे छ। यस दिन लिबर्टी इनर्जी कम्पनीको सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन ३२ करोड ५० लाख रुपैयाँ बराबरको काराेबार भएको हाे। १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित मिति : October 28, 2026 at 3:16 pm










