१२ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026

एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला

११ कात्तिक, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ का लागि परीक्षा आवेदन फारम खुला गरेको छ।बोर्डले २०८४ सालमा सञ्चालन हुने एसईईमा सहभागी हुने नियमित, खुला तथा प्राविधिक धारतर्फका विद्यार्थीलाई तोकिएको समयभित्र आवेदन फारम भर्न आग्रह गरेको हो।

सूचनाअनुसार विद्यार्थीहरूले २०८३ कात्तिक १ गतेदेखि मंसिर ८ गतेसम्म परीक्षा आवेदन फारम भर्न सक्नेछन्। आवेदनका लागि प्रतिविद्यार्थी ५०० रुपैयाँ परीक्षा दस्तुर तोकिएको छ।

 यसैगरी, बोर्डले शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा नियमित अध्ययनरत विद्यार्थीका लागि रजिस्ट्रेशन फारम भर्ने व्यवस्था पनि खुला गरेको छ। कक्षा ९ का विद्यार्थीले कात्तिक ९ गतेदेखि मंसिर १३ गतेभित्र रजिस्ट्रेशन फारम भरिसक्नुपर्नेछ। रजिस्ट्रेशनका लागि प्रतिविद्यार्थी ३०० रुपैयाँ राजस्व शुल्क तोकिएको छ।

प्रकाशित मिति : October 28, 2026 at 1:56 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/