२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पक्राउ

१ कात्तिक, काठमाडाैँ ।  बिचौलिया इनम सापकोटासँगको कारोबारमा जोडिएको विषयमा अनुसन्धान गर्न लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।

काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले भट्टलाई शनिबार ललितपुरबाट पक्राउ गरेको हो। प्रहरीका एक उच्च अधिकारीका अनुसार नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा उनको मोबाइलबाट प्राप्त सूचनाका आधारमा सापकोटा पक्राउ परेका थिए। हिरासतमा रहेका सापकोटामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरी स्रोतका अनुसार सापकोटाको बयान र उनको मोबाइलबाट प्राप्त सूचनाका आधारमा भट्टको संलग्नताबारे अनुसन्धान अघि बढाइएको हो। सोही अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सुशील भट्ट सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा खेपिरहेका दीपक भट्टका दाइ हुन्। दीपकलाई चोलेन्द्रशमशेर जबरा पक्राउ परेलगत्तै ललितपुरस्थित नक्खु कारागारबाट सिन्धुपाल्चोक सारिएको थियो।

शनिबार पक्राउ परेका सुशील भट्टलाई काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : October 18, 2026 at 6:46 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/