कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको शपथ भाेलि
३० असोज, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको शपथ ग्रहण कार्यक्रम भाेलि शनिबार हुने भएको छ। कांग्रेसको १५औँ महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सम्पन्न भएपछि सभापति थापाको शपथ ग्रहण तथा पदबहाली फूलपातीका दिन दिउँसो २ बजे हुने तय भएको पार्टीले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार कार्यक्रम ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा हुनेछ । पार्टीले कार्यक्रममा सहभागी हुन उपत्यकामा रहेका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरेको छ ।
प्रकाशित मिति : October 16, 2026 at 2:54 pm








