३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

लाभांश प्रस्ताव पारित गर्न मञ्जुश्री फाइनान्सले बोलायो साधारण सभा

३० असाेज, काठमाडौं । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। फाइनान्सले कात्तिक २० गते, थापागाउँ ब्याङ्केट, थापागाउँ, नयाँ बानेश्वरमा १९ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले ४० करोड रुपैयाँ बराबरको ८.७५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले कात्तिक ११ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फाइनान्सको साधारण सभामा सहभागिता जनाउन तथा फाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : October 16, 2026 at 12:00 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/