२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

अप्पर हेवाखोलाले ९१.३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

२९ असोज, काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले ९१.३ प्रतिशत हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति मागेको छ।

कम्पनीले सेबोनबाट अनुमति पाएमा हाल कायम सेयरधनीलाई १ः०.९१३ अनुपातमा हकप्रद सेयर जारी गर्नेछ। यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५२ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो। कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : October 15, 2026 at 5:12 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/