नेप्सेमा १ अर्ब ५३ करोड बराबरको बोनस सेयर सूचीकृत
२९ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको संख्या ३०५ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने १११ जलविद्युत् कम्पनी, ३१ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । २०८२ भदौमा सूचीकृत कम्पनीहरूको संख्या २७६ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५१.४ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १७.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ८.७ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा ३.२ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.० प्रतिशत रहेको छ ।

भदौ मसान्तमा सूचीकृत ९ अर्ब ६१ करोड सेयरको चुक्ता मूल्य रु.९४६ अर्ब ८४ करोड रहेको छ । आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा ९ अर्ब ४५ करोड बराबरको साधारण सेयर, १ अर्ब ५३ करोड बराबरको बोनस सेयर, २३ करोड बराबरको हकप्रद सेयर र ८२ करोड बराबरको अन्य (मर्जरपश्चात्) गरी कुल १२ अर्ब ३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २ अर्ब ८ करोड बराबरको म्युचुअल फण्ड, १ अर्ब २० करोड बराबरको डिबेन्चर र ५९ करोड बराबरको साधारण सेयर गरी कुल ३ अर्ब ८७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
प्रकाशित मिति : October 15, 2026 at 4:01 pm







