एक महिनामै मोबाइल बैंकिङबाट ६ खर्ब १४ अर्बको कारोबार
२९ असोज, काठमाडौं । नेपालमा डिजिटल भुक्तानीको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८३ भदौ महिनामा मोबाइल बैंकिङमार्फत मात्रै ६ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँबराबरको कारोबार भएको छ। भदौ महिनामा मात्रै मोबाइल बैंकिङमार्फत ८ करोड ११ लाख ९४ हजार वटा कारोबार भएका हुन्।

यस्तै, साे असधिमा क्यूआर कोडमार्फत ७ करोड ५५ लाख ८१ हजार वटा कारोबार हुँदा १ खर्ब ६७ अर्ब ९३ करोड रुपैयाँबराबरको भुक्तानी भएको छ। डेबिट कार्डमार्फत पनि उल्लेख्य कारोबार भएको छ। भदौ महिनामा डेबिट कार्ड प्रयोगकर्ताले १ करोड ८० हजार वटा कारोबारमार्फत ७४ अर्ब ७८ करोड रुपैयाँबराबरको कारोबार गरेका छन्।
प्रकाशित मिति : October 15, 2026 at 3:13 pm








