विजया दशमीमा पनि काठमाडौँ जिल्ला अदालत खुल्ने, यस्ता छन् प्रवाह हुने सेवाहरू
२९ असोज, काठमाडौं । विजया दशमीको अवसरमा सार्वजनिक बिदा भए पनि काठमाडौँ जिल्ला अदालत निश्चित समयका लागि खुल्ला रहने भएको छ। काठमाडौँ जिल्ला अदालत बबरमहलले एक सूचना जारी गर्दै दसैँ बिदाको अवधिमा पनि तोकिएका अत्यावश्यक सेवाहरू प्रवाह गरिने जनाएको हो।

अदालतका अनुसार शनिबार, फूलपाती र विजया दशमी (टीका) को दिन बाहेक अन्य दिन बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म कार्यालय खुला रहनेछ। साे समयमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गर्ने, जरुरी पक्राउ पुर्जी समर्थन र सो समर्थनसँगै उपस्थित अभियुक्तहरूको म्याद थप गर्ने, कल डिटेल्स (CDR) अनुमति प्रदान गर्ने, पक्राउ अनुमति प्रदान गर्ने, धरौटी दाखिल गर्न नसकी थुनामा राख पठाइएका प्रतिवादीहरूबाट धरौटी रकम दाखिल गर्न ल्याएमा बुझिदि र फैसला बमोजिम ठहर भएको जरिवाना रकम तिरी छुट्ने भएमा जरिवाना रकम बुझिदिने सेवा पनि बिदाको अवधिमा उपलब्ध हुने अदालतले जनाएको छ।

प्रकाशित मिति : October 15, 2026 at 1:48 pm






