प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
२९ असोज, काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ०.१५ अंकले बढेर २६२१.४१ विन्दुमा पुगेको छ। बिहीबार प्रि ओपन सेसनमा ५३ स्टकको ९० पटकको कारोबारमा ५ करोड २ लाख ९३ हजार ५७८ रुपैयाँबराबरको ५४ हजार ७२८ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : October 15, 2026 at 11:04 am







