२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

करदाता प्रोत्साहन उपहार कार्यक्रम: असोज ३१ गतेभित्र बिल प्रविष्टि गर्न उपभोक्तालाई आह्वान

२९ असोज, काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत पाक्षिक उपहार कुपनका लागि खरिद बिलको विवरण प्रविष्टि गर्ने अन्तिम मिति आगामी असोज ३१ गते शनिबारसम्म तोकेको छ।

विभागका अनुसार सम्वत् २०८३ असोज १६ गतेदेखि ३१ गतेसम्मको अवधिमा नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताहरूले उपहार कुपन प्राप्त गर्न सक्नेछन्। यसका लागि उपभोक्ताहरूले असोज ३१ गतेभित्र विभागको आधिकारिक पोर्टल (https://prize.ird.gov.np/) मा गई आफ्नो खरिद बिलको विवरण प्रविष्टि गर्नुपर्नेछ।

उक्त अवधिमा दर्ता भएका बिलहरूको उपहार कुपन आगामी कात्तिक १ गते खोलिनेछ र सोही दिन विजेताहरूको आधिकारिक घोषणा गरिने विभागले जनाएको छ। पुरस्कार दाबी गर्नका लागि सक्कल खरिद बिल अनिवार्य हुने भएकाले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन विभागले सम्पूर्ण उपभोक्ताहरूलाई अनुरोध गरेको छ। साथै, सबै व्यवसायीहरूलाई पनि वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा नियमानुसारको बिक्री बिल/बीजक जारी गर्न ताकेता गरिएको छ।

प्रकाशित मिति : October 15, 2026 at 10:38 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/