२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

संसदीय सुनुवाइ समिति लामो समयपछि ग्रे जोनबाट बाहिर निस्केको अनुभूति भयोः गोकुल बाँस्कोटा

२९ असोज, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले संसदीय सुनुवाइ समितिले राजदूत सिफारिस अस्वीकृत गरेपछि संसद् लामो समयपछि आफ्नो अधिकार प्रयोगका हिसाबले ग्रे जोनबाट बाहिर निस्किएको अनुभूति भएको बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले एकल सरकारले गरेको सिफारिस अस्वीकार गर्न सजिलो नभएको बताएका हुन्। ‘संसद् अधिकार प्रयोगका हिसाबले लामो समयपछि वास्तवमै ग्रे जोनबाट बाहिर निस्केको अनुभूति भयो। एकल सरकारको सिफारिस तोड्न सजिलो थिएन। शायद दबाब दिएन छ कि? यो ब्रेक सराहनीय छ,’ उनले लेखेका छन्।

प्रकाशित मिति : October 15, 2026 at 9:56 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/