बोनस घोषणा सहित विन्ध्यबासिनी हाइड्रोपावरले बोलायो साधारण सभा
२८ असोज, काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने बोनस सेयर घोषणासहित साधारण सभा बोलाएको छ।कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो।
सो प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १८ गते अनमोल बेन्क्वीट, शंखमुल, काठमाडौँमा दसौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे ९ बजे सुरु हुनेछ। सभाले बोनस सेयरको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने, शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, साधारण सेयरमा परिणत हुने गरी ऋणपत्र जारी गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक १० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रकाशित मिति : October 14, 2026 at 10:19 am







