२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

२८ असोज, काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन्। बैंकको असोज २७ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।

बैंकले उक्त नियुक्ति कात्तिक १५ गतेदेखि लागू हुने जनाएको छ। सीईओ नियुक्त भएका भट्टराई सोही बैंकका सिनियर डीसीईओ तथा चिफ क्रेडिट अफिसरको रूपमा कार्यरत थिए।

प्रकाशित मिति : October 14, 2026 at 10:10 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/