प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीमा निर्वाचित
२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट सहमहामन्त्री (महिलातर्फ) प्रतिमा गौतम निर्वाचित भएकी छन्। उनी अर्की उम्मेदवार नानुमैया बास्तोलालाई फराकिलो अन्तरले पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् ।

गौतम पाँच हजार ११६ मतसहित सहमहामन्त्री निर्वाचित भएकी हुन्। बास्तोलाले एक हजार ५५४ मत प्राप्त गरेकी छन् ।
प्रकाशित मिति : October 13, 2026 at 6:06 pm







