२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

नेपाल फिनटेक एक्स्पोमा आइएमई खल्तीका ६ नयाँ सेवा सार्वजनिक

२७ असोज, काठमाडौं । आइएमई खल्ती लिमिटेडले नेपाल फिनटेक एक्स्पो २०२६ मा आफ्ना ६ नयाँ सेवा सार्वजनिक गरेको छ । फिनटेक एलायन्स नेपालले आयोजना गरेको तीनदिने एक्स्पोमा कम्पनीले डिजिटल भुक्तानी, व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी तथा लगानीसँग सम्बन्धित नयाँ सेवा सार्वजनिक गरेको हो ।

एक्स्पोको पहिलो दिन खल्तीले खल्ती कार्ड्स, ई-सिम र पर्सनल फाइनान्स च्यालेन्ज सार्वजनिक गरेको थियो । त्यस्तै, तेस्रो दिन खल्ती प्रो, स्ट्राइप र खल्ती स्टक हब सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार नयाँ सेवामार्फत डिजिटल भुक्तानीलाई सहज बनाउनुका साथै व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी र लगानीसम्बन्धी सुविधालाई विस्तार गर्ने लक्ष्य राखिएको छ ।

एक्स्पो अवधिभर खल्तीको स्टलमा सयौँ प्रयोगकर्ताले भ्रमण गरी कम्पनीका विभिन्न उत्पादन तथा सेवाबारे जानकारी लिएका थिए । प्रयोगकर्तालाई सेवाका विशेषता, प्रयोग गर्ने तरिका तथा उपलब्ध सुविधाबारे जानकारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।

प्रयोगकर्तालाई आकर्षित गर्न खल्तीले एक्स्पो अवधिमा विभिन्न सेवामा क्यासब्याक, प्रोमो कोड तथा अन्य अफरसमेत उपलब्ध गराएको थियो । स्मार्ट डिपोजिट, कार्ड्स, एआई फिएस्टा, बीमा, हवाई टिकट, मोबाइल टपअप, डेटा प्याक, टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायकसँग सम्बन्धित सेवामा विभिन्न अफर उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

एक्स्पोमा सहभागी प्रयोगकर्ताले विशेषगरी खल्ती कार्ड्स, स्ट्राइप र पर्सनल फाइनान्स च्यालेन्जप्रति चासो देखाएका थिए । व्यक्तिगत वित्त व्यवस्थापनमा सकारात्मक बानी विकास गर्न प्रोत्साहित गर्ने तथा प्रविधिमा आधारित नयाँ सेवा उपलब्ध गराउने कम्पनीको प्रयासप्रति प्रयोगकर्ताले उत्साह देखाएको जनाइएको छ ।

एक्स्पोका क्रममा आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस्ता कार्यक्रमले नयाँ सेवा सार्वजनिक गर्नुका साथै प्रयोगकर्तासँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूको आवश्यकता बुझ्ने अवसर प्रदान गर्ने बताए । उनले यस वर्ष खल्तीले भुक्तानी सेवाभन्दा अगाडि बढ्दै व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी, लगानी तथा प्रविधिमा आधारित अन्य सेवा सार्वजनिक गरेको जानकारी दिए ।

नयाँ उत्पादनप्रति प्रयोगकर्ताले देखाएको उत्साह र प्रतिक्रियाले अझ सहज, उपयोगी तथा एकीकृत डिजिटल सेवा विकास गर्ने प्रयासलाई प्रेरणा दिएको उनको भनाइ थियो । आइएमई खल्तीले डिजिटल भुक्तानीलाई केन्द्रमा राख्दै बचत, लगानी, बीमा, कनेक्टिभिटी तथा दैनिक जीवनका आवश्यकतासँग सम्बन्धित सेवाहरू एउटै डिजिटल प्लेटफर्ममा जोड्ने लक्ष्यसहित सेवा विस्तार गर्दै आएको छ ।

नेपाल फिनटेक एक्स्पो २०२६ मा नयाँ उत्पादन सार्वजनिक गर्नु पनि कम्पनीको ‘इन्फिनिट पोसिबिलिटी’ अवधारणाअन्तर्गत एकीकृत डिजिटल वित्तीय तथा जीवनशैलीसम्बन्धी सेवा विस्तार गर्ने प्रयासको हिस्सा रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : October 13, 2026 at 3:48 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/