२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

नेप्सेमा झिनो अंकको सुधार, ४ अर्ब ७३ करोडको कारोबार

२७ असोज, काठमाडौं । साताको दोस्रो कारोबारकाे दिन मंगलबार नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ। मंगलबार नेप्से परिसूचक ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ३५१ कम्पनीकाे ४६ हजार ६५९ पटकको कारोबारमा ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार रुपैयाँ बराबरको १ करोड ३५ लाख ५३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन सगरमाथा जलविद्युत कम्पनीको सेयर मूल्य सर्वाधिक १२.४४ प्रतिशत बढेको छ। यस दिन स्नो रिभर्सको सेयरमा नकारात्मक सर्किट लागेकाे छ। सो कम्पनीको शेयरमूल्य यस दिन १४९ रुपैयाँ ९० पैसा घटेर ८४९ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ।

यस दिन घलेम्दीको सेयरमा सर्वाधिक काराेबार भएकाे छ । सो कम्पनीको यस दिन ३६ करोड ४७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : October 13, 2026 at 3:21 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/