२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

नेप्सेमा बेनी हाइड्रोपावरको आईपीओ सूचीकृत

२७ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओ सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको १ करोड ४ लाख कित्ता सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारणमा वितरण गरेको २० लाख ८० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ८३ लाख २० हजार कित्ता सेयर गरी कुल १ करोड ४ लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९१ रुपैयाँ २७ पैसादेखि २७३ रुपैयाँ ८१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सूचीकरणसँगै बुधबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारका लागि खुला हुने भएको छ।

प्रकाशित मिति : October 13, 2026 at 12:51 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/