२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

कुमारी बैंकको ५ हजार २५४ कित्ता संस्थापक सेयर बिक्रीमा

२७ असोज, काठमाडौं । कुमारी बैंक लिमिटेडले ५ हजार २५४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा कायम रहेको उक्त परिमाणको संस्थापक सेयर बिक्री गर्न इच्छा जनाएपछि बैंकले विद्यमान संस्थापक सेयरधनीलाई खरिदका लागि आवेदन दिन आह्वान गरेको हो।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएकाे मितिले ३५ दिनभित्र बैंकको सेयर रजिस्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय, टंगालमा आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको संस्थापक सेयरको मूल्य विक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।

साथै, तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा उक्त सेयर संस्थापक सेयरधनीबाहेक अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले स्पष्ट पारेको छ।

प्रकाशित मिति : October 13, 2026 at 9:18 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/