२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

धादिङको गजुरी सडक खण्ड आज राति ११ बजेदेखि बिहान ५ बजेसम्म पूर्ण रूपमा बन्द हुने

२६ असोज, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५, गलौंदी क्षेत्रमा आज रातिदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार एक सूचना जारी गर्दै सडक मर्मतका लागि रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको हो ।

कार्यालयद्वारा जारी सूचनाअनुसार, आज (२०८३ असोज २६ गते सोमबार) राति ११ः ०० बजेदेखि भोलिपल्ट बिहान ५ः ०० बजेसम्म उक्त मार्ग हुँदै चल्ने सम्पूर्ण सवारी साधनको आवागमन बन्द गरिनेछ ।

प्रकाशित मिति : October 12, 2026 at 1:57 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/