२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

तीन कम्पनीको सेयरमा लकइन अवधि सकिँदै, कुनको कति ?

२६ असोज, काठमाडौं । विभिन्न तीन कम्पनीको सेयरमा लकइन अवधि सकिने भएको छ । संस्थापक, प्रभावित स्थानीय तथा म्युचुअल फन्डले होल्ड गरेका विभिन्न कम्पनीका सेयरमा एक महिनामा लकइन अवधि सकिन लागेको हो ।

लकइन अवधि सकिन लागेका कम्पनीहरूमा माथिल्लो मैलुङखोला जलविद्युत कम्पनी, चिरख्वा हाइड्रोपावर कम्पनी र सोपान फर्मास्युटिकल्स रहेका छन् । सोपान फर्मास्युटिकल्सको म्युचुअल फन्डका लागि बाँडफाँड भएको २ लाख १४ हजार ५ सय कित्ता सेयरको कात्तिक १६ गते लकइन अवधि सकिँदैछ ।

त्यस्तै चिरख्वा हाइड्रोपावर कम्पनीको संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीका लागि बाँडफाँड भएको सेयरमा कात्तिक १४ गते लकइन अवधि सकिँदैछ । कम्पनीको कुल ३० लाख २० हजार ७ सय कित्ता सेयरमा लकइन अवधि सकिन लागेको हो ।  लकइन अवधि सकिएपछि ती सेयर कारोबारका लागि योग्य हुन्छन् ।

त्यस्तै माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीको संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि बाँडफाँड भएको कुल ८४ हजार ९० हजार ८ सय कित्ता सेयरमा कात्तिक २ गतेदेखि लकइन अवधि सकिँदैछ ।

प्रकाशित मिति : October 12, 2026 at 1:44 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/