दबाब वा प्रभावमा नपरी काम गर्न प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशन
२६ असोज, काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले प्रहरी निरीक्षकहरूलाई दबाब र प्रभावमा नपरी काम गर्न निर्देशन दिएका छन्। सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले प्रहरी निरीक्षकहरूलाई कुनै पनि प्रकारको राजनीतिक दबाब र व्यक्तिगत स्वार्थबाट टाढा रहेर काम गर्न निर्देशन दिएका हुन्।
‘संविधान, प्रचलित कानून र नियमको पालना गर्दै कुनै पनि अनुचित दबाब वा प्रभावमा नपरी निष्पक्ष रूपमा कर्तव्य निर्वाह गर्न आग्रह गर्दछु,’ उनले भने। प्रधानमन्त्री बालेनले नेपाल प्रहरीको छवि उच्च राख्न इमान्दारी र अनुशासन नै मुख्य आधार भएको बताए। करिव १६ महिना तालिम पूरा गरेका नयाँ प्रहरी अधिकृतहरूलाई उनले बधाई दिँदै प्रधानमन्त्री बालेनले पेशागत मर्यादा र नैतिकतामा जोड दिए।

प्रधानमन्त्री साहले प्रहरी अधिकारीहरूलाई सङ्गठनको प्रोटोकल विपरितका व्यक्तिगत स्वार्थ र अनुचित प्रभावमा नपरी निर्भीकताका साथ कर्तव्य निर्वाह गर्न सचेत गराए। ‘यस तालिमबाट प्रहरी निरीक्षकको जिम्मेवारी निर्वाह गर्न आवश्यक ज्ञान, सीप र क्षमता हासिल गर्नुभएको छ भन्ने विश्वास लिएको छु । अब प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै नैतिकता, निष्ठा, इमान्दारी, अनुशासन र जवाफदेहितालाई आफ्नो कार्यसम्पादनको आधार बनाउनुहुनेछ भन्ने अपेक्षा गर्दछु,’ प्रधानमन्त्री बालेनले भने।
प्रकाशित मिति : October 12, 2026 at 12:55 pm






