हिमालयन लाइफको वरिष्ठ डीसीईओमा कवि फुयाँल नियुक्त
२६ असोज, काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा कवि फुयाँल नियुक्त भएका छन्। कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठले उनलाई सिनियर सीईओमा नियुक्त गरेको हो ।
कम्पनीले फुयाँललाई असोज २६ गतेदेखि लागू हुने गरी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। सोही मितिदेखि उनले कार्यबाहक सीईओको जिम्मेवारीसमेत सम्हाल्नेछन्। कम्पनीको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्म फुयाँलले कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।

फुयाँल यसअघि सन नेपाल लाइफ इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)को जिम्मेवारीमा थिए। गत साता मात्रै सन नेपाल लाइफबाट राजीनामा दिएर बाहिरिएका उनी लगत्तै हिमालयन लाइफको उच्च व्यवस्थापनमा प्रवेश गरेका हुन्।
प्रकाशित मिति : October 12, 2026 at 12:23 pm






