२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न पुगे बाबुराम भट्टराई

२५ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बूढीगण्डकी बाढीबाट प्रभावित गोरखाको आरुघाट बजार, शान्तिबजारलगायतका क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।  उनले त्यस क्षेत्रमा गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा, प्रमुख जिल्ला अधिकारी, आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङ, सडक विभागका महानिर्देशकलगायत जनप्रतिनिधि तथा स्थानीयसँग छलफल गर्दै पीडितहरूको तत्काल व्यवस्थापन र दीर्घकालीन पुनर्स्थापनाका लागि आवश्यक पहल गर्न सरोकारवालाहरूलाई आग्रह गरे ।

प्रकाशित मिति : October 11, 2026 at 5:53 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/