कांग्रेस महाधिवेशनः समावेशी उपसभापतिमा विनोद चौधरीको अग्रता कायम
२५ असोज, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा समावेशीतर्फको उपसभापति पदको मतगणनामा विनोद चौधरीले आफ्नो सुरूआती अग्रता कायम राखेका छन्। अहिलेसम्म २ हजार २३१ मत गणना हुँदा चौधरीले ६१५ मत प्राप्त गरेका छन्।

उनलाई जीवन परियारले ५७८ मतसहित पछ्याइरहेका छन्। चौधरी र परियारबीच ३७ मतको अन्तर छ। त्यस्तै, सीता गुरूङले ३३४, फरमुल्लाह मन्सुरले २८५ र रञ्जित कर्णले १८३ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति : October 11, 2026 at 2:38 pm





