२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

बूढीगण्डकी बाढीबाट प्रभावित ३६ जनाको उद्धार, घटनास्थलमा ४ वटा हेलिकप्टर

२५ असोज, काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ३६ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले हेलिकोप्टर र स्थलमार्गबाट खटिएको टोली परिचालन गरी उनीहरूको उद्धार गरेको हो।नेपाली सेनाका अनुसार बाढी प्रभावित जगत इलाकाबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट १ शिशु तथा १ विदेशीसहित ९ जना र पायुबाट १२ जना गरी हालसम्म ३६ जनाको उद्धार गरिएको छ।

खोजी तथा उद्धारका लागि ४ वटा हेलिकोप्टर तथा स्थलमार्गबाट पनि नेपाली सेनाको टोली परिचालन भएको सेनाले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग समन्वय गरी थप खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।

प्रकाशित मिति : October 11, 2026 at 1:56 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/