२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन देउवाको आग्रह

२५ असोज, काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।

बाढीका कारण प्रभावित क्षेत्रमा भौतिक संरचना र स्थानीयको जनजीवनमा पारेको असरबारे जानकारी लिँदै देउवाले प्रभावित नागरिकप्रति सहानुभूति प्रकट गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा देउवाले बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै बूढीगण्डकी र त्रिशूली नदी किनारका तटीय क्षेत्रमा बसोबास गर्ने सबै नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन् ।

 विपद्को घडीमा प्रभावित क्षेत्रका नागरिकको उद्धार तथा राहत कार्यमा सक्रियतापूर्वक जुट्न उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । ‘विपद्को यो कठिन समयमा बाढी प्रभावित क्षेत्रका जनताको उद्धार र राहतका लागि पार्टीका साथीहरूले तत्कालै सक्रिय भएर सहयोग गर्नुपर्छ,’ देउवाले लेखेका छन् ।

प्रकाशित मिति : October 11, 2026 at 12:47 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/