बूढीगण्डकी बाढी प्रभावितको सहयोगमा जुट्न प्रचण्डको आग्रह
२५ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी बाढी प्रभावितको उद्धार, राहत र सुरक्षामा जुट्न आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत संयोजक दाहालले सो आग्रह गरेका हुन् ।

बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाट लगायतका क्षेत्रमा पुर्याएको क्षति तथा पुल र घरहरू बगाएको खबरले आफूलाई मर्माहत बनाएको उनले बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गोरखाको बूढीगण्डकी नदीमा अकस्मात् आएको भीषण बाढीले चुमनुब्री, धार्चे र आरुघाट लगायतका क्षेत्रमा पुर्याएको क्षति तथा पुल र घरहरू बगाएको खबरले मर्माहत बनाएको छ। प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैमा हार्दिक आग्रह गर्दछु। साथै, बूढी गण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गर्दछु। यस विपद्को घडीमा प्रभावित नागरिकको सहयोगमा एकजुट बनौँ।’
प्रकाशित मिति : October 11, 2026 at 12:22 pm





