२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुल बगायो

२५ असोज, काठमाडौं । बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल पनि बगाएको छ । बुढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले गोरखाको आरुघाट र धादिङ जोड्ने पक्की पुल बगाएको हाे ।

बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत-सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल र आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगाएको छ ।

प्रकाशित मिति : October 11, 2026 at 9:53 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/