बाढीले गोरखाको पैयू र बगर गाउँका ३५ घर बगायो
२५ असोज, काठमाडौँ । बुढीगण्डकीको बाढीले गोरखाको पैयू र बगर गाउँका ३५ घर बगाएको छ । बाढीले दोभान, घट्टेखोला, जगत र सल्लेरी गाउँमा व्यापक क्षति गरेको छ । चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बाढीको सूचना पाएपछि नागरिकहरू डाँडातिर भागेको बताएकी छिन । बाढीले चुमनुब्री गाउँपालिकाका विभिन्न वडामा ठूलो भौतिक क्षति पुर्याएको उनले बताएकी छिन ।

बाढीले केरौंजा जाने झोलुंगे पुल पनि बगाएको छ भने सल्लेरी र जगत बजार समेत बगाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले बुढीगण्डकी किनारनका सिर्दिबास, खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जानकारी दिए ।
प्रकाशित मिति : October 11, 2026 at 7:46 am





