बुढीगण्डकीको बाढीले सल्लेरी र जगत बजारको केही भाग बगायो
२५ असोज, काठमाडौँ । बुढीगण्डकीको बाढीले गोरखाको सल्लेरी र जगत बजारको केही भाग बगाएको स्थानीयले बताएका छन । मानिसहरू भागेर डाँडातिर गएका छन । बिहान झिसमिसमा आएको बाढीका कारण ठूलो क्षति भएको अनुमान गरिएको छ ।

चुमनुब्रीको छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको अनुमान गरिएको छ । प्रहरीले नदी तटमा सावधानी अपनाउन अपिल गरेको छ ।
प्रकाशित मिति : October 11, 2026 at 7:06 am





