२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

कांग्रेसको झण्डावाल सरकारी कर्मचारी रामहरि न्यौपाने

२४ असोज, लमजुङ । लमजुङको दूधपोखरी गाउँपालिकाका कर्मचारी रामहरि न्यौपाने नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएर १५ औँ महाधिवेशनमा सहभागी भएको पाइएको छ ।

दूधपोखरीको रोजगार संयोजक रहेका उनी अहिले महाधिवेशन प्रतिनिधिमात्र होइन पालिकाबाट तलब बुझ्नेबाहेक कांग्रेसको गतिबिधिमा मात्र सक्रिय रहन्छन । गाउँपालिकामा नेपाली कांग्रेसकै नेतृत्व रहेका कारण उनको राजनीतिक गतिबिधिमा कसैले रोक लगाउन सकेको छैन ।

उनले १५ औँ महाधिवेशनमा सहभागी सहभागी भएर नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान समेत गरिसकेका छन । पछिल्लो समय सरकारले कर्मचारीहरूको राजनीतिक संलग्नतामा रोक लगाउने घोषणा गरेर कतिपय स्थानमा शिक्षकहरू माथि कारबाही गरे पनि अझै धेरै ठाउँमा कर्मचारीहरू दलको झण्डा बोकेर हिँडिरहेका छन ।

न्यौपानेले भने रोजगार संयोजकको जागिर खाएर पालिकाका लगि शून्य योगदान गरेको उनकै सहकर्मीहरू बताउँछन । उनको मुख्य काम कांग्रेसको संगठन निर्माण हो । अहिले दूधपोखरीका स्थानीयले सरकारी कर्मचारी भएर नेपाली कांग्रेसको राजनीतिमा हिँडेको भन्दै कारबाहीको माग गर्न थालेका छन ।

प्रकाशित मिति : October 10, 2026 at 7:54 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/