कांग्रेस महाधिवेशनः मतदानको समय फेरि थपियो
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि भइरहेको मतदानको समय बेलुका ७ बजेसम्म थप गरिएको छ। निर्वाचन समितिले शुक्रबार अपराह्न सूचना जारी गर्दै यसअघि अपराह्न ५ बजेसम्मका लागि तोकिएको मतदानको समय थप गरी बेलुका ७ बजेसम्म कायम गरिएको जनाएको हो।

प्रकाशित मिति : October 9, 2026 at 5:26 pm






