बाढी प्रभावित स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित
२३ असोज, काठमाडौं । सरकारले ८ देखि ११ असोजसम्म विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट प्रभावित स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै गोरखा, मनाङ, म्याग्दी, बागलुङ, पर्वत र नवलपरासी बर्दघाट सुस्ता पश्चिमका विभिन्न गाउँपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
सरकारले गोरखाको सहिद लखन गाउँपालिकाका वडा नम्बर ३ र ४ लाई विपद् सङ्कटग्रस्त सूचीमा राखेको छ । त्यसैगरी मनाङका चामे गाउँपालिका, नासो गाउँपालिका र मनाङ डिस्याङ गाउँपालिकाका वडा नम्बर १ र ४ यो सूचीमा राखेको छ ।

त्यस्तै, सरकारले म्याग्दीका अन्नपूर्ण गाउँपालिका, रघुगंगा गाउँपालिका, बेनी नगरपालिका, मङ्गला गाउँपालिका, धवलागिरि गाउँपालिका र मालिका गाउँपालिका विपद् सङ्कटग्रस्त सूचीमा राखेको छ । सरकारले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

प्रकाशित मिति : October 9, 2026 at 3:17 pm






