कांग्रेस महाधिवेशनः मतदानको समय साँझ ५ बजेसम्म थप
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थप गरिएको छ । केन्द्रीय निर्वाचन समितिले शुक्रबार दिउँसो एक सूचना जारी गर्दै मतदानका लागि निर्धारित समयसीमा बढाएको जानकारी दिएको हो।

यसअघि आज बिहानदेखि सुरु भएको मतदानका लागि दिउँसो ३ बजेसम्मको समय तोकिएको थियो। तर, मतदाताहरूको सहभागिता र आवश्यकतालाई मध्यनजर गर्दै समय २ घण्टा थप गरी साँझ ५ बजेसम्म कायम गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित मिति : October 9, 2026 at 2:55 pm






