२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

नेकपा बैठकको ७ एजेन्डाः महाधिवेशनदेखि कार्य विभाजनसम्म

२३ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समिति बैठक जारी छ।  शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकका लागि ७ वटा एजेन्डामा केन्द्रित रहेको प्रवक्ता प्रकाश ज्वालाले बताए।

ज्वालाका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे छलफल भइरहेको छ। बैठकले छलफलका लागि  ७ वटा एजेन्डाहरू पारित गरेको छ।

यी हुन् बैठकका एजेन्डा

१. समसामयिक राष्ट्रिय राजनीति तथा पार्टीको दायित्व

२. जनजागरण तथा सङ्गठन सुदृढीकरण अभियान

३. महाधिवेशन र अधिवेशनबारे

४. केन्द्रीय कार्य समिति गठन र बैठक

५. केन्द्रीय सचिवालय गठन तथा बैठक

६. कार्य विभाजन

७. विविध

प्रकाशित मिति : October 9, 2026 at 2:33 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/