नेकपा बैठकको ७ एजेन्डाः महाधिवेशनदेखि कार्य विभाजनसम्म
२३ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समिति बैठक जारी छ। शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकका लागि ७ वटा एजेन्डामा केन्द्रित रहेको प्रवक्ता प्रकाश ज्वालाले बताए।

ज्वालाका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे छलफल भइरहेको छ। बैठकले छलफलका लागि ७ वटा एजेन्डाहरू पारित गरेको छ।
यी हुन् बैठकका एजेन्डा
१. समसामयिक राष्ट्रिय राजनीति तथा पार्टीको दायित्व
२. जनजागरण तथा सङ्गठन सुदृढीकरण अभियान
३. महाधिवेशन र अधिवेशनबारे
४. केन्द्रीय कार्य समिति गठन र बैठक
५. केन्द्रीय सचिवालय गठन तथा बैठक
६. कार्य विभाजन
७. विविध
प्रकाशित मिति : October 9, 2026 at 2:33 pm






